२०८३ बैशाख ५ गते , शनिबार

पाकिस्तानकी महिला नेतृसँगको अश्लील भिडियो इन्टरनेटमा भाइरल भएपछि....

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २१ गते , मंगलबार
पाकिस्तानकी महिला नेतृसँगको अश्लील भिडियो इन्टरनेटमा भाइरल भएपछि....
एजेन्सी । पाकिस्तानमा महिला महिला नेतृसँगको कथित अश्लील भिडियो भाइरल बनाएर धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महिला नेतृको नाम सानिया आसिक हो। सानियाको उजुरीपछि पक्राउ परेको हो ।

पाकिस्तानी समाचार च्यानल एआरवाईका अनुसार सानिया आसिक पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल एन)की सदस्य हुन् र पन्जाब प्रान्तको तक्षशिला विधान सभा क्षेत्रबाट विधायक हुन्। हालै एउटा अश्लील भिडियो भाइरल भएको छ । यो भिडियो सानियाको मात्रै भएको दाबी गरिएको थियो । त्यसपछि सानिया आफैँले प्रहरीमा उजुरी गरिन् ।

टिकटक र अन्य सोसल मिडिया प्लेटफर्महरूमा भाइरल भएको भिडियोलाई लिएर सानियाले अक्टोबर २६ मा सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) मा ती व्यक्तिहरू विरुद्ध उजुरी दिएकी थिइन्। उजुरीपछि अनुसन्धान साइबर अपराध शाखालाई बुझाइएको थियो । अनुसन्धानपछि अघिल्लो दिन (बुधवार) भिडियो भाइरल बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो । हाल आरोपी विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

सानियाले आफ्नो ट्विटमा भनिन्, “उनले अज्ञात मेरो भिडियो टिकटकमा भाइरल गर्नुका साथै अन्य सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गरेका छन्। भिडियोमा महिला म जस्तै देखिन्छिन्।” उनले थपे, ‘सयौँ धम्कीपूर्ण कल, टिकटकमा अश्लील गीत, फेसबुकमा आपत्तिजनक पोस्ट, मसँग सम्बन्धित अनियमित क्लिपहरू मेरो छवि बिगार्ने प्रयास थियो।’

पीएमएल एन विधायक सानिया आसिक पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजको निकै नजिक रहेको बताइएको छ । सानियाले विभिन्न विषयमा प्रधानमन्त्री इमरान खानलाई पछ्याएकी छिन् । अहिले ती भिडियोहरू विवादमा तानिएका छन् ।

सम्बन्धित समाचार