२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा एक वर्ष लामो किसान आन्दोलनको अन्त्य

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
भारतमा एक वर्ष लामो किसान आन्दोलनको अन्त्य

नयाँ दिल्ली । कृषि कानुन फिर्ता भएको र बाँकी माग पनि पूरा हुनेमा विश्वस्त भएको भन्दै भारतीय किसान आन्दोलन अन्त्य भएको छ। बिहीबार संयुक्त किसान मोर्चाले किसान आन्दोलन समाप्त गर्ने घोषणा गरेको छ।

आगामी शनिबार ९२५ मंसिर०देखि किसानहरूले घर फर्कने जानकारी दिएका छन्। दिल्लीको सिमानामा एक वर्षभन्दा लामो समयदेखि किसान आन्दोलनरत थिए। संयुक्त किसान मोर्चाले आन्दोलन स्थगन गरिएको घोषणा गर्दै प्रत्येक महिनाको स्थितिको समीक्षा गरिने स्पष्ट गरेको छ। माघ १ गते पहिलो समीक्षा बैठक बस्नेछ।

संयुक्त किसान मोर्चाको बैठकपछि किसान नेताले गरेको पत्रकार सम्मेलनमा आन्दोलन स्थगित गरिएकोमा पटक पटक सडक जोड दिए। सरकारले आफ्ना वचन पूरा नगरे किसान फेरि सडकमा उत्रने उनीहरूले स्पष्ट पारे।

किसान नेताहरूले कालो कानुन ल्याएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। मोदीको यो कदमले किसानहरूमा चेतना र अभूतपूर्व एकता सिर्जना गरेको उनीहरूको कथन छ।  केन्द्र सरकारले एमएसपीमा समिति गठन गर्ने र आन्दोलनका क्रममा किसानमाथि दर्ता भएको मुद्दा फिर्ता गर्ने लिखित आश्वासनपछि उनीहरूबीच आन्दोलन अन्त्य गर्ने सहमति भएको हो।

आन्दोलनका क्रममा मारिएका किसानका परिवारलाई क्षतिपूर्ति दिने विषयमा उत्तर प्रदेश र हरियाणा सरकारले सैद्धान्तिक सहमति दिएका छन्। केन्द्र सरकारले पठाएको प्रस्तावलाई लिएर संयुक्त किसान मोर्चाले बिहीबार सिंघु नाकामा बैठक गरेको थियो। बैठकमा आन्दोलन अन्त्य गर्ने सहमति भएको थियो।

संयुक्त किसान मोर्चाको बैठक सुरु हुनुअघि नै किसानले आन्दोलन स्थलबाट पाल हटाउन थालेका थिए। सरकारले किसानका मागलाई सम्बोधन गरेको हुनाले आन्दोलनलाई किसान संगठनहरूले ठूलो जित भनेका छन्। किसान नेता बलबीर सिंह राजेवालले पर्सि शनिबारदेखि विजय जुलुस निकालेर आ(आफ्ना घर फर्कने जानकारी दिएका थिए।

यद्यपि आज संयुक्त किसान मोर्चाले विजयको उत्सव नमनाउने निर्णय गरेको छ। रक्षा प्रमुख जनरल विपिन रावतको असामयिक निधनले सिंगो देश शोकमा डुबेका वेला आफूहरूले विजय उत्सव नमनाउने किसानले जानकारी दिएका छन्। किसान दर्शनपाल सिंहले शनिबार किसानले सबै सडक सफा गर्ने जानकारी दिएका छन्।

सोमबार किसानहरू पूजा गर्न पवित्रस्थल अमृतसरस्थित स्वर्ण मन्दिर जानेछन्। मोर्चाका नेताहरूले यो किसान आन्दोलन भारतको स्वतन्त्रतापछिको सबैभन्दा शान्तिपूर्ण र सबैभन्दा ठूलो आन्दोलन भएको बताए।

किसान नेता शिवकुमार कक्काले यो जित किसानको ऐतिहासिक जित भएको बताए । साथै आन्दोलनका कारण सर्वसाधारणमा अप्ठेरो भएकोमा उनीहरूले माफी मागेका छन्। भारतीय किसान युनियनका नेता राकेश टिकैतले आगामी बुधबारसम्म किसानले आन्दोलन स्थल पूरै खाली गर्ने बताए।

सम्बन्धित समाचार