२०८३ बैशाख ५ गते , शनिबार

मेक्सिकोमा सवारी दुर्घटना : कम्तिमा ४९ जनाको मृत्यु, ५८ घाइते

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २४ गते , शुक्रबार
मेक्सिकोमा सवारी दुर्घटना : कम्तिमा ४९ जनाको मृत्यु, ५८  घाइते

एजेन्सी । मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ४९ जनाको मृत्यु भएको छ।  मारिने अधिकांश आप्रवासी रहेको  बीबीसीले जनाएको छ। दक्षिणी मेक्सिकोमा बिहीबार एउटा लामो सवारी साधन गाडी (ट्रेलर) ट्रकसँग ठोक्किएर पल्टिँदा कम्तीमा ४९ जनाको मृत्यु भएको हो।

ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ५८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक रहेको बताए।

सम्बन्धित समाचार