२०८३ बैशाख २० गते , आईतबार

कांग्रेस महाधिवेशन : ४५ सय ६४ मत खस्यो, मतगणना शुरू

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २८ गते , मंगलबार
कांग्रेस महाधिवेशन : ४५ सय ६४ मत खस्यो, मतगणना शुरू

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि दोहोर्‍याएर भइरहेको मतदानमा ४ हजार ५ सय ६४ मत खसेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

खसेका मतको गणना राष्ट्रिय सभागृहमा राति १०:५२ मिनेटमा शुरु भएको समितिले जानकारी दिएको छ। दोस्रो चरणमा सभापतिका दुई उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन्। सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो।

सम्बन्धित समाचार