२०८३ बैशाख २० गते , आईतबार

राप्रपा अध्यक्ष लिङ्गदेनलाई गृहजिल्ला झापामा भव्य स्वागत

sajilo news
पार्थ मण्डल
२०७८ पौष ३ गते , शनिबार
राप्रपा अध्यक्ष लिङ्गदेनलाई गृहजिल्ला झापामा भव्य स्वागत
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । 
राप्रपा अध्यक्षमा निर्वाचित भएपछि लिङ्गदेन पहिलो पटक गृह जिल्ला झापा शनिवार आएका हुन् । अध्यक्ष लिङ्गदेनलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा कार्यकर्ताहरूले भव्य स्वागत गरेका हुन् ।

उनी बिर्तामोडमा आयोजित स्वागत सम्मान एवं वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । उनी तीन दिन झापा बस्ने कार्यक्रम रहेको बताइएको छ। 

सम्बन्धित समाचार