२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोड फुटबल क्लबको अध्यक्षमा गुरुङ

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
बिर्तामोड फुटबल क्लबको अध्यक्षमा गुरुङ

बिर्तामोड । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा डिके गुरुङ चयन भएका छन् । आज झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको संस्थाको १५ औँ साधारण सभाले गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

समाजसेवी गुरुङको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा राजु गुरुङ, सचिव कुमार गुरुङ, सहसचिव चन्द्र तिम्सिना र कोषाध्यक्षमा भीम मुखिया सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा अनिता सुब्बा, नेत्रबहादुर गुरुङ, मिलन लिम्बू, तारामणि श्रेष्ठ, शेरबहादुर गुरुङ र मुना विष्ट चयन भएका छन् । साधारणसभा डिके गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबिच, साधारणसभाले यही पुस ८ गतेदेखि १५ गतेसम्म तमु ल्हसोर महिला फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णयलाई पारित गरेको छ । प्रतियोगिताको फाइनल तमु ल्होसारको दिन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए ।  

सम्बन्धित समाचार