२०८३ बैशाख ५ गते , शनिबार

पाकिस्तानमा दुर्गा मन्दिर तोडफोड, प्रदर्शनमा उत्रिए हिन्दु

sajilo news
पार्थ मण्डल
२०७८ पौष ६ गते , मंगलबार
पाकिस्तानमा दुर्गा मन्दिर तोडफोड, प्रदर्शनमा उत्रिए हिन्दु
एजेन्सी । पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरूले मूर्तिलाई हथौडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

यसको विरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौँको सङ्ख्यामा पाकिस्तानी हिन्दुहरूले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौँ महिलाहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले आरोपीहरूलाई सजाय दिन माग गरेका छन् । फेरि पाकिस्तानी अल्पसङ्ख्यक हिन्दु र धर्ममाथि यस्तो खालको व्यवहार नहोस् भन्नका लागि कारबाही तत्काल हुनुपर्ने उनीहरूले माग गरे ।

उता पक्राउ परेका युवकलाई कराँचीस्थित सिटी कोर्टले १४ दिनका लागि पुर्पक्षका लागि पठाएको छ ।मन्दिरमा भएको उक्त घटनालाई लिएर स्थानीय हिन्दुहरू क्रुद्ध भएका छन् । उनीहरूले प्रहरीले यस घटनालाई गम्भीरताका साथ नलिएको आरोप उनीहरूको छ ।

अहिलेसम्म अर्का आरोपी पक्राउ पर्न सकेका छैनन् । स्थानीय सञ्चारमाध्यमले पनि यो घटनालाई दबाउन खोजेको भन्दै उनीहरूले कराँची प्रेस क्लब अगाडि प्रदर्शन गरेका हुन् । पाकिस्तानमा पछिल्लो समय हिन्दुहरूमाथिको आक्रमणमा वृद्धि आएको छ । २२ महिनामा हिन्दु मन्दिरमा भएको यो ९ औं आक्रमण भएको जनाइएको छ । घटनाले साम्प्रदायिक हिंसा भड्कन सक्ने भन्दै स्थानीय मुस्लिम समुदायले घटनाको निन्दा गरेको छ ।

सम्बन्धित समाचार