२०८३ बैशाख ३ गते , विहीबार

एसईई परीक्षा खारेज गर्न निर्देशन

sajilo news
पार्थ मण्डल
२०७८ पौष ९ गते , शुक्रबार
एसईई परीक्षा खारेज गर्न निर्देशन

झापा । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले कक्षा(१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो।

समितिका सभापति जयपुरी घर्तीले छलफल गरेर नै खारेज गर्ने निर्णय गरेको बताइन। उनले भनिन,‘कोभिडको बेला पनि धेरै पटक हामी छलफल गर्‍यौँ,कक्षा(१२ सम्म स्कुल तह भएकाले एसईई नै गराउनु हुन्न,शिक्षा मन्त्रीलाई यो कार्यन्वयन गर्न माग र निर्देशन दिन्छौँ।’

त्यस्तै,समितिले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ। 

सम्बन्धित समाचार