२०८३ बैशाख ३ गते , विहीबार

पूर्व विद्यार्थी दाहालले दिए लक्ष्मी उच्च माविका विद्यार्थीलाई परिचयपत्र

sajilo news
पार्थ मण्डल
२०७८ पौष १३ गते , मंगलबार
पूर्व विद्यार्थी दाहालले दिए लक्ष्मी उच्च माविका विद्यार्थीलाई परिचयपत्र
कचनकवल । कचनकवल गाउँपालिका -६ बनियानीस्थित लक्ष्मी उच्च माविका विद्यार्थीहरूलाई मङ्गलवार विद्यार्थी परिचय पत्र वितरण गरिएको छ। केही दिनअघि मात्र सोही विद्यालय र क्याम्पसलाई लाखौँ रकम बराबरको पुस्तक साथै युटिलिटिका सामाग्री वितरण गरेका  गाउँपालिका-६ निवासी पूर्व विद्यार्थी तथा युवा समाजसेवी निश्चल दाहालले आज विद्यार्थीहरूलाई परिचय पत्र वितरण गरेका हुन् ।
उनले विद्यालय पुगेर विद्यार्थी परिचयपत्र हस्तान्तरण गरेका थिए । सरकारी विद्यालयमा अध्ययनमा उत्साहमूलक सहभागिता गराउने योजनासँगै विद्यार्थीको व्यक्तिगत विवरण खुलाउने उद्देश्यले विद्यालयलाई परिचयपत्र हस्तान्तरण गरिएको दाहालले बताए ।


एक विद्यार्थीको पहिचान, विद्यालय समग्रको पहिचान हो । विद्यार्थीको हाउभाउ, आचरणसाथै पहिरनले उसको मात्र नभएर सम्पूर्ण विद्यालयको पहिचान झल्काउँछ। निजी स्कुलहरू झैँ, टाई, बेल्ट, युनिफर्म, आइडी कार्ड लगाएर एक विद्यार्थी विद्यालय परिसरमा प्रवेश गर्दा उसको मनोबल साथै उत्सुकतामा वृद्धि हुने दाहालको भनाई छ ।
उनले भने,  'विद्यालयले युनिफर्मलाई संस्कार बनाओस् र निरन्तरता दिन सकोस्।'निजी विद्यालयहरूसँग पठनपाठन लगायत सम्पूर्ण विधामा प्रतिस्पर्धा गर्न सकोस् जस कारण शिक्षामा तल्लो वर्गको उत्तिकै सहभागिता बढेर जान्छ।' यी सान साना कार्यहरूको निरन्तरता शिक्षा क्षेत्रको क्रान्ति हो जुन समृद्धिको निश्चित मार्ग ठहरिन्छ। विद्यालय प्रशासनले पठनपाठनमा उच्च सतर्कता साथ विद्यार्थीको बृहत्तर विकासमा ध्यान दिनु पर्ने दाहालले बताए । 

सम्बन्धित समाचार