राजेन्द्र लिङ्देनमाथि कमल थापाको आरोप : तपाईंको निर्णय अवैधानिक र पार्टी विपरित
झापा । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको निर्णय अवैधानिक भएको आरोप लगाएका छन्।
पार्टीको हित विपरित लागेको भन्दै शुक्रबार बसेको अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीको बैठकले काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो।
सो निर्णयको विरोध गर्दै पूर्व अध्यक्षसमेत रहेका नेता थापाले ट्विटरमा लेखेका छन्, ‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन।’
राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन पार्टी विधानले पदाधिकारी बैठकलाई कारबाही गर्ने अधिकार नदिएको दाबी गर्दै खेद प्रकट गरेका छन्।
पार्टीको हितविपरीत क्रियाकलाप गरेको भन्दै महामन्त्री भुवन पाठकले काभ्रेका नेता कारवाही गरेको विज्ञप्ति सार्वजनिक गरेका छन्। पुस १४ गते बसेको काभ्रे जिल्ला कार्यसमितिको विशेष बैठकले कारबाही सिफारिस गरेको थियो। यस्तै, राप्रपाको बैठकले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको उपलक्ष्यमा पुस २७ गते सार्वजनिक विदा घोषणा गर्न प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ।
राष्ट्रिय एकता दिवसको दिन सबै जिल्लामा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरि मनाउने र काठमाडौं उपत्यकाको तिनै जिल्लाका पार्टीका पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक भृकुटीमण्डपमा जम्मा भई सिंहदरबार स्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने निर्णय समेत गरेको थियो। थाहाखबरबाट