२०८३ बैशाख २० गते , आईतबार
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
झापा । नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन्। सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो।
नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा केन्द्रीय समितिको सर्वसम्मतिले आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा प्रचण्डलाई चयन गरेको केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताए।