२०८३ बैशाख ३ गते , विहीबार

भारतीय गायिका लता मंगेस्करको निधन

sajilo news
पार्थ मण्डल
२०७८ माघ २३ गते , आईतबार
भारतीय गायिका लता मंगेस्करको निधन

झापा । भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको अवस्था गम्भीर बन्दै गएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो। ९२ वर्षीया मंगेस्करले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन्। उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्। 

सम्बन्धित समाचार