२०८३ बैशाख ३ गते , विहीबार

वैशाख ९ गतेबाट एसइई परीक्षा

sajilo news
पार्थ मण्डल
२०७८ माघ २६ गते , बुधबार
वैशाख ९ गतेबाट एसइई परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी  वैशाख ९ गतेबाट सञ्चालन गर्ने भएको छ। आगामी वैशाख ९ बाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले  जानकारी दिए।

उनका अनुसार यसबारे विस्तृत जानकारी भोलि९बिहीबार० सार्वजनिक सूचनामार्फत जारी गरिनेछ। बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्। कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव नभएपछि आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशित भएको थियो।

सम्बन्धित समाचार