२०८३ बैशाख २३ गते , बुधबार

गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

sajilo news
पार्थ मण्डल
२०७८ माघ २८ गते , शुक्रबार
गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

झापा । गाँजालाई औषधिका रूपमा  प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । 

तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार