२०८३ बैशाख २२ गते , मंगलबार

स्थानीय चुनाव : भद्रपुरमा माओवादी केन्द्रको गतिविधि बढ्यो, वडा ५ मा बुद्धशान्ति टोल कमिटी गठन

sajilo news
पार्थ मण्डल
२०७८ माघ २८ गते , शुक्रबार
स्थानीय चुनाव : भद्रपुरमा माओवादी केन्द्रको गतिविधि बढ्यो, वडा ५ मा बुद्धशान्ति टोल कमिटी गठन
भद्रपुर । स्थानीय चुनावको मिति घोषणा भएसँगै नेकपा (माओवादी केन्द्र) भद्रपुरले पार्टी प्रवेश र टोल कमिटी गठनमा सक्रियता बढाएको छ । योसँगै माओवादी केन्द्र ५ नम्बर वडा कमिटीले तरबेज शेखको अध्यक्षतामा २५ सदस्य बुद्धशान्ति टोल कमिटि गठन गरेका छन् ।
टोल कमिटीको उपाध्यक्षहरूमा मेहेरा देहेरी, परीक्षण दास, भोलमान सेन्चुरी, सचिवमा सुमित्रा हेमरम र सह सचिवमा गौर राय र कोषाध्यक्षमा प्रमीला गुप्तालाई चयन गरेका छन् ।
कमिटीको सदस्यहरूमा विशाल मेचे, राजकुमार चौधरी, महेन्द्र चौधरी, सञ्जय दास, विनोद दास, सुवास राजवंशी लगायत रहेका छन् । माओवादी केन्द्र भद्रपुर नगर इन्चार्ज नरेश सन्जेलको प्रमुख आतिथ्यमा भएको भेलामा नगर अध्यक्ष  शिवकुमार राजभण्डारी, नगर उपाध्यक्ष मोहम्मद हजरत अलि, ५ नम्बर वडा इन्चार्ज डिल्ली रुचाल र ५ नम्बर अध्यक्ष बुद्धिमान लिम्बूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार