२०८३ बैशाख १२ गते , शनिबार

धरान-भेडेटार जंगलमा झोलाभित्र भेटियो मान्छेको खुट्टा र टाउ

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
धरान-भेडेटार जंगलमा झोलाभित्र भेटियो मान्छेको खुट्टा र टाउ

झापा  सुनसरीको धरान ४ मा पर्ने जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ । कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सुनसरी प्रहरी प्रमुख एसीपी सन्जयसिंह थापाका अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको हो । ‘आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको छ ,’ एसीपी थापाले भने, ‘त्यसमा जीउ हुनसक्ने अनुमान छ । प्रहरीका अनुसार झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०र३२ वर्षका युवक जस्तो देखिएको छ । शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ । ‘त्यसैले गन्ध आइरहेको छ । शवबारे अनुसन्धान भइरहेको छ ’, उनले भने ।

सम्बन्धित समाचार