२०८३ बैशाख २२ गते , मंगलबार

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ५ गते , विहीबार
सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने गरि बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज करिब दुई घण्टासम्म चलेको बैठकमा एमसिसीका विषयमा छलफल भएको बुझिएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले एमसिसीबारे अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेको जानकारी दिए।

बैठक भोलि बिहान १० बजे बस्ने जानकारी दिँदै कार्कीले भोलिको संसद्‍ बैठकमा पनि एमसिसी टेबल नगर्ने सहमति भएको बताए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता  कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता डा प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा ९एकीकृत  समाजवादी० अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी थिए। जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए। 

सत्ता गठबन्धनमा कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी भने एमसिसी संसद्‍मा टेबल नगर्ने पक्षमा अभिएका छन्। यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। थाहाखबरबाट

सम्बन्धित समाचार