२०८३ बैशाख २३ गते , बुधबार

एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ८ गते , आईतबार
एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए।

सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ। ुहामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौुं, अध्यक्ष ओलीले भने, 'संसद्ले नै निर्णय गर्छ। संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने रु निर्णय गर्ने ठाउँमा त पुयाइदिऔं।'

उनले सत्ता गठबन्धनमा रहेकाहरूले नै एमसीसी सम्झौता गरेको बताए।' अहिले सरकारमा जो छ उनीहरूले नै ५ वर्षअघि एमसीसीमा सम्झौता गरे,' उनले भने, 'एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन्। एमालेलाई सरकारबाट हटाएपछि पास गछौँ भनेर पर सार्दै(सार्दै लगे।' गठबन्धनले अन्तर्राष्ट्रिय तथा विदेश सम्बन्धलाई तहसनहस पारेको आरोप ओलीले लगाए। आजकोअन्नपूर्ण दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार