२०८३ बैशाख २४ गते , विहीबार
राप्रपाले निकाले एमसिसीको विरोधमा भद्रपुरमा मोटरसाइकल र्याली
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा झापाको सदरमुकाम भद्रपुरमा सोमबार मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।
राप्रपा भद्रपुर नगर कमिटीको आयोजनामा भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको हो । भद्रपुर- १ पृथ्वीनगरस्थित हिमाली चोकबाट सुरु भएको मोटरसाइकल र्याली सगरमाथा चोक, ज्ञानेचोकबाट भद्रपुर बजार, लेखनाथ चोक हुँदै ट्रेड युनियन चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
मोटरसाइकल र्यालीमा सहभागी कार्यकर्ताहरूले नो एमसिसी, एमसिसी परियोजना खारेज गर, देश बेच्न पाइँदैन, विदेशी दलाल मुर्दावाद, राजसंस्था जिन्दाबाद लगायतको चर्को नाराबाजी गरेका थिए । यता कोणसभालाई राप्रपा नगर अध्यक्ष राधा कार्की, राजकुमार राई लगायतकाले गरेका थिए ।