२०८३ बैशाख ३ गते , विहीबार
सामाजिक सञ्जालमा भाइरल भुवनको ‘कच्चा बदाम’, बने लखपति
एजेन्सी । अहिले सामाजिक सञ्जालको दुनियाँमा अत्यधिक भाइरल बनिरहेको ‘कच्चा बदाम’का गायक भुवन बादायकरको चर्चा निकै छ । भारतका भुवन नेपालमा पनि उत्तिकै एकाएक लोकप्रिय भए । टिकटकलगायत सामाजिक सञ्जालमा उनको आवाजमा भिडियो बनाउनेहरूको सङ्ख्या दिनहुँ बढिरहेका छन् ।
उनी भुवनलाई एक म्युजिक कम्पनीले उक्त भाइरल गीतका लागि लाखौँ रुपैयाँ दिएको छ । पश्चिम बङ्गाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बङ्गलादेशदेखि कयौँ अफर पनि आइरहेको बताइएको छ ।
हालै एक अन्तर्वार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ पनि नपाएको गुनासो गरे । त्यसपछि उनका फ्यानहरूले उनको हक माग्दै अभियान नै सुरु गरेका थिए । अहिले त्यही म्युजिक स्टुडियोले उनलाई लाखौँ रुपैयाँ दिएको छ । कम्पनीका गोपाल घोषले भुवनलाई ३ लाख रुपैयाँको करार गरेको जानकारी दिए। उक्त कम्पनीले भुवनसँग कच्चा बदाम गीतको रिमिक्स बनाएको थियो ।
भुवनलाई बिहीबार गोधुली बेला म्युजिकले ३ लाख रुपैयाँ दिएको छ भने एक करार पनि साइन गरेको छ । उनले एक अन्तरवार्तामा भने, ‘मानिसहरू अहिले मेरो गीतमा नाचिरहेका छन् । अब मैले बदाम बेच्नु पर्दैन । अब मैले बदाम बेच्न खोजे पनि मानिसले त्यसलाई किन्दैनन् बरु मलाई गीत गाउन भन्नेछन् । यदि मेरो गीतले मलाई मानिसहरूसम्म पुराउँछ भने मैले अब गीतमा फोकस गर्नुपर्छ ।
म अझै धेरै भाइरल गीत बनाउन चाहन्छु । अहिलेसम्म मानिसहरूले मेरो लोकप्रियतालाई प्रयोग गरिरहेका छन् । मैले केही पनि पाएको छैन । अब मलाई आशा छ कि यो बदलिनेछ । मलाई धेरै अफर आइरहेको छ । मलाई बङ्गलादेशबाट पनि अफर आएको छ तर मेरो श्रीमती म त्यहाँ जाओस् भन्ने चाहँदिनन् ।’