२०८३ बैशाख ३ गते , विहीबार

‘गंगुबाई काठियावाडी’ रिलिज नहुँदै अदालतमा पर्‍यो मुद्दा

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १० गते , मंगलबार
‘गंगुबाई काठियावाडी’ रिलिज नहुँदै अदालतमा पर्‍यो मुद्दा
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट स्टार फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिजअघि नै विवादमा परेको छ । यसअघिका फिल्महरू जस्तै सञ्जय लीला भन्साली निर्देशित यो फिल्मको नाममा पनि हङ्गामा मच्चिएको छ ।

मानिसहरूले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । फिल्ममा आलिया भट्टको चरित्र वास्तविक गंगुबाईको जीवन कथामा आधारित छ । फिल्मको ट्रेलर रिलिज भएदेखि नै धेरै विवादहरू भइरहेका छन् । यसअघि वास्तविक गंगुबाईको परिवारले यस विरुद्ध आवाज उठाएका थिए । यसैबिच कामाठीपुराका जनताले असन्तुष्टि जनाएका छन् । चलचित्रमा कामाठीपुराको नाम प्रयोग गरी गलत प्रस्तुति गरेकोमा आफूहरू आपत्ति जनाइरहेको बताउँछन् ।

अदालतमा दायर गरेको निवेदन

जनताको आक्रोश देखेपछि स्थानीय विधायक अमिन पटेलले बम्बे हाई कोर्ट पुगेका छन् । विधायकले फिल्म ‘गंगुबाई काठियावाडी’का निर्मातालाई कामाठीपुराको नाम परिवर्तन गर्न निर्देशन दिन माग गर्दै निवेदन दिएका छन् । बम्बे हाईकोर्टले यस विषयमा भोलि अर्थात् बुधवार सुनुवाइ गर्दैछ।

कामाठीपुरा कुनै समय रेड लाइट एरिया भनेर चिनिन्थ्यो

मुम्बईको कामाठीपुरा कुनै समय रेड लाइट एरिया भनेर चिनिन्थ्यो। तर, केही वर्षपछि कामठीका मजदुरहरू यहाँ बस्न थालेपछि नाम परिवर्तन गरेर कामाठीपुरा राखियो । चलचित्र गंगुबाई काठियावाडीको ट्रेलर रिलिज भएसँगै कामाठीपुराको नाम फेरि एक पटक देशभर रेड लाइट एरियाको रुपमा चिनिएको छ । यसप्रति यहाँ बसोबास गर्ने जनताको आपत्ति छ । आफ्नो क्षेत्र बदनाम भइरहेको उनीहरू बताउँछन् । जसका कारण उनले फिल्म प्रतिबन्ध लगाउन माग गरेका छन् । अभिनेत्री आलिया भट्टको फिल्म गंगुबाई काठियावाडी २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ । चलचित्रको प्रचारप्रसारमा नायिकाले जोड दिएकी छन् ।

सम्बन्धित समाचार