२०८३ बैशाख ३ गते , विहीबार
प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप अभिनेत्री काव्या थापर पक्राउ
मुम्बई । भारतीय अभिनेत्री काव्या थापरलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले जुहु न्यायिक हिरासतमा राखिएको छ ।
काव्याले तमिल र तेलुगू चलचित्रमा अभिनय गरेकी छिन् । उनलाई जुहुको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उनले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उनले प्रहरीमाथि दुर्व्यवहार गरेकी थिइन् । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।
२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गरिन् । पढाइ पूरा गरेपछि उनी ग्ल्यामर क्षेत्रमा लागिन । उनले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यु गरेकी थिइन । यो चलचित्रपछि उनले तेलुगु फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबिबिएस’मा अभिनय गरिन् ।