२०८३ बैशाख २४ गते , विहीबार

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्।

राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाँहि सत्य नभएको स्पष्ट पारे।

उनले भने,  ‘खतरा त बढेकै छ नि। यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि। तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाँहि होइन।’

अध्यक्ष दाहालले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारे।

सम्बन्धित समाचार