२०८३ बैशाख ३ गते , विहीबार

गायिका समीक्षाले दिइन् पल शाहविरुद्ध जाहेरी

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
गायिका समीक्षाले दिइन् पल शाहविरुद्ध जाहेरी

झापा । गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको बताइएको छ। 

प्रहरी स्रोतका अनुसार दिदी र भिनाजुसहित बुधबार प्रहरी कार्यालय पुगेर उनले निवेदन दिएकी हुन्।  केहि दिन यता शाह र अधिकारीबीचको सम्बन्धबारे विभिन्न गसीप सामाजिक सञ्जालमा फैलिरहेका थिए। 

सोमबार रातिदेखि दुईवटा अडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेका थिए। एउटा अडियोमा पल र समीक्षा दुवैको आवाज सुनिएको छ। जसमा पलले समीक्षालाई आफूहरूबीच भएको कुरा सामान्य रहेको भनेर बुझाउन खोजिरहेका छन्। उक्त अडियोमा अन्य व्यक्तिको आवाज पनि सुनिएको छ। 

यसैगरी अर्को अडियोमा समीक्षाले आफ्नो र पलको भेट हुँदा देखिको घटनाको विवरण सुनाइरहेकी छन्। सुरुमा पलले नै आफूलाई प्रेम गर्छु भनेर नजिकिएको र स्वार्थ पूरा भएपछि टाढिन खोजेको समीक्षाको आरोप रहेको छ। 

सम्बन्धित समाचार