२०८३ बैशाख १२ गते , शनिबार
बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा । बिर्तामोडको छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका- ४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका- ४ का १९ वर्षीय उत्तम बर्देवा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बेलुका ५ बजे इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ५ ग्राम ब्राउन सुगर र प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले उत्तम बर्देवालाई घरैबाट ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।