२०८३ बैशाख २४ गते , विहीबार

एमसिसीविरुद्ध सडक तात्‍ने मात्रै होइन, बल्छ : झलनाथ खनाल

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १२ गते , विहीबार
एमसिसीविरुद्ध सडक तात्‍ने मात्रै होइन, बल्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै हालतमा एमसिसी स्वीकार्न नसक्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य हो। एमसिसीको विषयमा कुनै हालतमा मिल्न सक्दैनौँ। हामी राष्ट्रियताको सवालमा दृढतापूर्वक लाग्छौँ।’

उनले अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धन नभत्किएको बताउँदै परिस्थितिअनुसार निर्णय लिने बताए। सडक कहिलेसम्म तताउनु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आक्रोशित हुँदै भने, ‘सडक आवश्यताअनुसार तात्छ, यति मात्रै होइन। बल्छ।' थाहाखबरबाट

सम्बन्धित समाचार