२०८३ बैशाख २४ गते , विहीबार

धनुषमोडको बिपी कोइरालाको शालिक मर्मत सम्भार गरिने

sajilo news
रेवतीराज घिमिरे
२०७८ चैत्र ६ गते , आईतबार
धनुषमोडको बिपी कोइरालाको शालिक मर्मत सम्भार गरिने

भद्रपुर । भद्रपुर- १० स्थित धनुषमोडमा रहेको जननायक बिपी कोइरालाको पुर्णकदको शालिक मर्मत सम्भारसहित रंगरोगन गर्न लागिएको छ । 

विश्वेश्वर प्रसाद कोइराला बिपी स्मृति प्रतिष्ठान चन्द्रगढीले झापाको सदरमुकाम चन्द्रगढीले बिपी कोइरालाको शालिकको मर्मत सम्भार सहितको रंगरोगान गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस झापाका उप सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा छाता चोक स्थित महिला जागरणको सभा हलमा सम्पन्न प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाले  कोरालालको जीर्णोद्धार शालिक मर्मत सम्भार गर्दै निकट भविष्यमा प्रतिष्ठान भवन निर्माणका लागि जग्गादाताको  खोजी गर्ने निर्णय गरेको हो । 

 सो सभाले भर्खरै मात्र मोटरसाइकल दुर्घटनामा परि शक्त घाइते अवस्थामा उपचाररत रहनु भएका प्रतिष्ठानका वर्तमान अध्यक्ष मोहनसिंह कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

    प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पुष्कल भट्टराईको अध्यक्षता तथा सचिव  लावष्यकुमार पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाण्डे,  महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर ९ का वडा सभापति चेतनाथ भट्टराई लगायतका उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार