२०८३ बैशाख २४ गते , विहीबार

मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै माओवादी केन्द्रको आपत्ति

sajilo news
झापा
२०७८ चैत्र ७ गते , सोमबार
मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै माओवादी केन्द्रको आपत्ति

निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले मतदातालाई भ्रमित र आतंकित बनाई धार्मिक स्थलमा लगेर भोटका लागि कसम खुवाउनेजस्ता मानव अधिकारबिरोधी कार्य गरेको भन्दै भत्र्सना गरेको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले सोमबार पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई त्यस्तो खाले निर्लज्ज गतिविधि सच्याउन चेतावनीसमेत दिएको छ ।
‘संविधानले ग्यारेन्टी गरेको धर्म निरपेक्ष देशमा चुनाव लक्षित धार्मिक मठ, मन्दिर, गुम्बा, मस्जिदआदि धार्मिक स्थलहरुमा गएर चुनाव लक्षित कार्यक्रम गर्दै मतदातालाई धार्मिक बन्धक बनाई चुनावी प्रचारप्रसार गर्ने यस्तो निकृष्ट खेल तत्काल बन्द गर्न गराउन हामी निर्वाचन आयोग, मानवअधिकारवादी संघसंस्था र सम्बन्धित पक्षलाई सचेत गर्दछौँ, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ । पार्टीले मानवअधिकारको न्यूनतम मूल्य मान्यताको समेत धज्जि उडाउँदै गरिएको यस्ता मानवअधिकार विरोधी र गैर राजनीतिक गतिविधीप्रति निष्पक्ष छानविनको माग समेत गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय झापालाई जिल्लाका कुनैपनि धार्मिकस्थलमा गरिने यस्ता खाले कार्यक्रमहरु तत्काल रोक्न र अनुगमन गन आग्रह गरेको छ ।
विज्ञप्तिमार्फत पार्टीले सम्पूर्ण मतदाता आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई धार्मिकस्थलहरुमा गरिने तल्लोस्तरको राजनीतिक कार्यक्रममा नजान र भ्रमपूर्ण कसमको भरमा नपर्न अनुरोधसमेत गरेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका सहइन्चार्जहरु सिपी कडरिया, पुरुषोत्तम चुँडाल ९राजु०, संयोजक राजु आचार्य ९अग्नी०, सचिव मोहन टुडु, जिल्ला नेता बासु दुलाल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार