२०८३ बैशाख २४ गते , विहीबार

कोरिया काण्डका दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

sajilo news
झापा
२०७८ चैत्र ८ गते , मंगलबार
कोरिया काण्डका दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

 नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले कनकाई नगरमा भएको कोरिया काण्डका दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

नगर कमिटीका अध्यक्ष यामनाथ सेडाईं र सचिव विष्णुप्रसाद बिमलीद्वारा जारी प्रेस विज्ञप्तिमा कनकाई नगरपालिकाले जनतालाई सेवा दिने नाममा आम नगरवासीलाई गुमराहमा पारी कानुनको धज्जी उडाउँदै कामदारबाट मोटो रकम असुल गरेको आरोप लगाइएको छ । 

राष्ट्रिय टिभी च्यानलबाट यस्तो ठगीको पर्दाफास भएको र पत्रकार भेटघाट गरी आफ्ना कर्तुत लुकाउन र जनतामा भ्रम छर्न प्रयास गरेबाट यस काण्डमा नगर प्रमुख  मुछिएको प्रस्ट भएको माओवादी केन्द्रको दाबी छ । विज्ञप्तिमा कोरिया काण्डको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न जोडदार माग गरिएको छ । 

सम्बन्धित समाचार