२०८३ बैशाख २४ गते , विहीबार

माओवादी केन्द्र झापा जिल्ला सदस्यमा चार पत्रकार मनोनित 

sajilo news
झापा
२०७८ चैत्र १० गते , विहीबार
माओवादी केन्द्र झापा जिल्ला सदस्यमा चार पत्रकार मनोनित 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको जिल्ला सदस्यमा चार जना पत्रकार मनोनित भएका छन् । बिर्तामोडमा बुधबार सम्पन्न माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको प्रथम बैठकले पार्टीको जिल्ला सदस्यमा ४ जना पत्रकारहरु तारामणि सापकोटा, झुलन रेग्मी, राजु पाठक र उद्वव पुरीलाई मनोनित गरेको हो ।

पत्रकार सापकोटा यसअघि पनि पार्टीका जिल्ला सदस्य हुन् । उनी प्रेस सेन्टरका पूर्व झापा अध्यक्ष एवम् केन्द्रीय सदस्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहिसकेका छन् ।

पाठक प्रेस सेन्टर प्रदेश १ का सदस्य हुन् । उनी नेपाल पत्रकार महासंघ झापाका सहसचिव समेत छन् । रेग्मी अहिलेका प्रेस सेन्टर झापा अध्यक्ष र पुरी सचिव हुन् ।

सम्बन्धित समाचार