२०८३ बैशाख ३ गते , विहीबार

आईपीएल : चेन्नईलाई हराउँदै कोलकाता विजयी

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
आईपीएल : चेन्नईलाई हराउँदै कोलकाता विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)  क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाताले सुखद सुरुवात गरेको हो।​

मुम्बईको वान्खडे स्टेडियममा चेन्नाईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताको जितमा अजिन्क्य रहाणेले ४४ रन जोडे भने साम विलिङसले २५ रन जोड्दा बनाए। कप्तान श्रेयस एय्यर २० रनमा अविजित रहे। चेन्नाईका ड्वान ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए। 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। चेन्नाईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै रबिन उथप्पाले २८ तथा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए। कोलकाताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए। जितसँगै कोलकाताले २ अंक जोडेको छ।

सम्बन्धित समाचार