२०८३ बैशाख ४ गते , शुक्रबार

 भारतमा हात्ती बेच्न खोज्ने तीनजना प्रहरी फन्दामा

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
 भारतमा हात्ती बेच्न खोज्ने तीनजना प्रहरी फन्दामा

भारतमा हात्ती बेच्न खोज्ने तीनजना प्रहरीको फन्दामा परेका छन्। दुई हात्तीलाई भारततर्फ बेच्न लैजाने क्रममा पर्साबाट भरतपुर महानगरका माउतेहरू ६० वर्षीय बुद्धिराम महतो, राजु कुमाल र हात्ती बेच्ने पर्साका सफरोज आलमलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूसहित दुई हात्ती पनि नियन्त्रणमा लिइएको पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा रहेका हात्ती र मानिसलाई कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरिएको छ।

नेपालबाट भारततर्फ हात्ती बेच्न लागेको विशेष सूचनाका आधारमा पर्साको पकहाँमैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट हात्तीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। थाहाखबरबाट

सम्बन्धित समाचार