२०८३ बैशाख ३ गते , विहीबार

त्रिभुवन आर्मीको लज्जास्पद हार, मानेभञ्ज्याङ दार्जिलिङ दमक गोल्डकपको सेमिफाइनलमा

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
त्रिभुवन आर्मीको लज्जास्पद हार, मानेभञ्ज्याङ दार्जिलिङ दमक गोल्डकपको सेमिफाइनलमा

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । दमक नगर खेलकुद विकास समितिको आयोजनामा आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक÷एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४ औँ मिनेटमा विमल कुमारले माने भन्ज्याङको अग्रतालाई तेब्बर बनाए । मध्य भागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । मानेभञ्ज्याङले खेलको इन्जुरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित ग¥यो । राकेश सिंहले मैदानको मध्य भागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहोर्नु प¥यो ।  

आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबिच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए ।

सम्बन्धित समाचार