२०८३ बैशाख ३ गते , विहीबार

सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश

sajilo news
एजेन्सी
२०७८ चैत्र १३ गते , आईतबार
सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई पत्रकारमाथि कुटपिट गरेको आरोपमा अदालतले अप्रिल ५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।  सलमानविरुद्ध मुम्बईको अँधेरी कोर्टले तीन वर्ष पुरानो मुद्दामा बडीगार्डसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो । 

अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडीगार्डलाई समेत अदालतले पेस हुन आदेश दिएको हो । तीन वर्ष पहिले पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो खिचेको बेला सलमान र उनका बडीगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए ।

भिडियो खिचेका पत्रकारको फोनसमेत खोसिएको थियो । त्यसपछि अशोकले सलमानविरूद्ध उजुरी दिए । उक्त उजुरीमाथि कारबाही गर्दै अदालतले उपस्थित हुन आदेश दिएको हो ।

सम्बन्धित समाचार