२०८३ बैशाख ३ गते , विहीबार
आईपीएलमा दिल्लीको विजयी सुरुवात
आईपीएल २०२२ मा दिल्ली क्यापिटल्सले विजयी सुरूवात गरेको छ। आइतबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १७८ रनको लक्ष्य दिल्लीले १० बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
दिल्लीका लागि ओपनर पृथ्बी शाले २४ बलमा ३८ रन र ललित यादवले ३८ बलमा नटआउट ४८ रन जोडे। यस्तै अक्षर पटेलले १७ बलमा नटआउट ३८ नर जोड्दा दिल्लीले जित निकाल्यो।
बलिङमा मुम्बईका बासिल थम्पीले ३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १७७ रन जोड्यो। उसका लागि इशान किसनले नटआउट ८१ रन जोडे। उनले ४८ बलमा ११ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान रोहित शर्माले ४१ रनको योगदान दिए। बलिङमा दिल्लीका कुलदिप यादवले ३ विकेट र खलील अहमेदले २ विकेट हात पारे।