२०८३ बैशाख ४ गते , शुक्रबार

शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : राष्ट्रपति जेलेन्स्की

sajilo news
एजेन्सी
२०७८ चैत्र १४ गते , सोमबार
शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन्।  एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरु तयार रहेको भन्दै धेरै कुरामा सम्झौता गर्न सकिने बताएका छन्।  
रुसी भाषामा दिएको ९० मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका कुरामा दृढ रहेको उल्लेख गरेका छन्।

युक्रेन र रुसबीचयसै साता टर्कीमा दोस्रो चरणको वार्ता हुँदैछ। यो वार्तापछि शान्ति स्थापनाका लागि तेस्रो पक्षले सुनिश्चितता गरि दिनुपर्ने र तयारीका लागि आफूलाई समय दिनुपर्ने जेलेन्स्कीको भनाइ छ। 

उनले यसअघि पनि रुससँग शान्तिवार्ताका लागि प्रस्ताव गर्दै आएका छन्।  रुसले युक्रेनमा रुसी भाषाको संरक्षण तथा युक्रेनलाई निःशस्त्रीकरणलगायतका माग अघि सारेको छ।  राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणले युक्रेनको रुसी भाषा बोलिने शहरहरु ध्वस्तपारेको बताए। तर निःशस्त्रीकरणको माग अस्वीकार गरेको छ। 

सम्बन्धित समाचार