२०८३ बैशाख १२ गते , शनिबार

झापामा बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी १० वर्षपछि पक्राउ

sajilo news
झापा
२०७८ चैत्र १५ गते , मंगलबार
झापामा बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी १० वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा हल्दीबारी- ३ घर भई दमक ४ मा बस्दै आएका ३२ वर्षीय सन्तोष नेपाली र २५ वर्षीया गंगामाया नेपाली रहेका छन् । झापा जिल्ला अदालतको २०६८ बैशाख १४ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा सन्तोषलाई २ वर्ष कैद ,२५ हजार जरिवाना र गङ्गामायालाई १ वर्ष कैद, १० हजार जरिवाना तोकिएको थियो ।

फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई सोमवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने डिएसपी वसन्त पाठकले बताए ।

सम्बन्धित समाचार