२०८३ बैशाख २४ गते , विहीबार

ठाकुरको नेतृत्वमा वाइसिएल भद्रपुर नगर कमिटी गठन

sajilo news
झापा
२०७८ चैत्र १६ गते , बुधबार
ठाकुरको नेतृत्वमा वाइसिएल भद्रपुर नगर कमिटी गठन

भद्रपुर ।  नेकपा (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) भद्रपुर नगर कमिटी गठन भएको छ ।  भद्रपुरमा आयोजित नगर भेलाले राजीव ठाकुरको अध्यक्षतामा ७२ सदस्य वाइसिएल नगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा पदम लिम्बु, सुमन उप्रेती, अस्मिता ओली, पवन राजवंशी र वीरबहादुर अधिकारीलाई चयन भएका छन् । त्यस्तै सचिवमा विवेक राई, सह–सचिवमा बिजेन्द्र राजवंशी, खगेन्द्र सुवेदी, किरण उप्रेती र कोषाध्यक्ष गम्भीर भुजेल चयन भएका छन् । 

वाइसिएल नगर अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा भएको भेलामा पार्टीका ३ नम्बर क्षेत्रीय इन्चार्ज डिल्ली घिमिरे ९हिक्मत०को प्रमुख आतिथ्य भएको कार्यक्रममा भद्रपुर नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, जिल्ला सदस्य खगेन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत नगर सदस्य आशिष् खनालले गरेको कार्यक्रमको सञ्चालन पार्टीका वडा ९ का वडा सचिव रविन सुब्बाले गरेका थिए । 

सम्बन्धित समाचार