२०८३ बैशाख ४ गते , शुक्रबार

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण, १२ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७८ चैत्र १६ गते , बुधबार
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण, १२ जनाको मृत्यु

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। रुसको सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी ३३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मंगलबार जनाएको छ। स्थानीय समय अनुसार बिहान ८।४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। आक्रमणका कारण झण्डै ९ भवनमा क्षति पुगेको छ। घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको छ।

सम्बन्धित समाचार