२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरमा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा नगर कमिटी गठन 

sajilo news
झापा
२०७८ चैत्र १७ गते , विहीबार
भद्रपुरमा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा नगर कमिटी गठन 

भद्रपुर । नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा भद्रपुर नगर कमिटी गठन गरिएको छ । भद्रपुरमा बुधवार भएको एक भेलाले लगन रसाइलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । 

कमिटीको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली, लक्ष्मी रसाइलीलाई चयन भएका छन् । त्यस्तै सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली र कोषाध्यक्षमा उमा चर्मकार चयन भएका छन् ।

नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रम ३ नम्बर क्षेत्रीय इन्चार्ज डिल्ली घिमिरे (हिक्मत) को प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश बराइली, मिरा सन्जेल अधिकारी, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार राज भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत शर्मिला खातीले गरेको कार्यक्रमको सञ्चालन गोपाल खातीले गरेका थिए ।  

सम्बन्धित समाचार