मिल्स गोल्डकपको उपाधि गोलबजारलाई
दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिराहाले जितेको छ ।विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जितेको हो ।
जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको साइनोले नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरु भएको ८ औं मिनेटमा गोलबजारका विदेशी खेलाडी अलीले गोल गरि टिमलाई अग्रता दिलाए । उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबाबमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाए । खेलको ३५ औं मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाए । साइनकोका फुफनाले ३९ औं मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफदेखि आक्रामक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा विदेशी बिनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरि टिमको जित सुनिश्चित गरे । ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाए ।
घरेलु दर्शकको साथ पाएको साबिकको उपविजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औं मिनेटमा साइनोका फुफानोले निकालिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिर यो । दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औंं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहँदा गोल गर्ने अवसरबाट चुके ।
फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोपोनो भए । त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए । उनले प्रतियोगितामा तिन गोल गरेका थिए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । विजेता हुने खेलाडीहरूलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, ट्रष्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बा लगायतकाले पुरस्कार वितरण गरेका थिए । विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउँदै आएका चन्देश्वर रामलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार रुपैयाँसहित कगद पत्रले सम्मान गरेको थियो । सम्मानित भएका सुनवारले सिलाएको जुत्ता लगाए थुप्रै राष्ट्रिय खेलाडी भएका छन् । सम्मानित भएका रामलाई विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले कदर पत्रले सम्मान गरेका थिए ।