२०८३ बैशाख २४ गते , विहीबार

झापामा गठबन्धनको रणनीति, अरू दललाई समेटेर चुनाव लड्ने निर्णय

sajilo news
झापा
२०७८ चैत्र १९ गते , शनिबार
झापामा गठबन्धनको रणनीति, अरू दललाई समेटेर चुनाव लड्ने निर्णय

पाँच दलीय गठबन्धनले झापामा गठबन्धनलाई परिणाममुखी बनाउन अरू दलहरू थप गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस झापाका सभापति एवं गठबन्धन दलका झापा संयोजक देउकुमार थेबेको अध्यक्षतामा बसेको संयुक्त बैठकले प्रतिगामी बाहेकका दल थप गर्ने निर्णय गरेको हो ।

बैठकले १५ वटै पालिकामा दलका पालिका प्रमुख र थप एकजना तथा क्षेत्रीय समितिले तोकेका एक– एकजना प्रतिनिधिसहित प्रतिदल तीन जनाका दरले बैठक बसी चैत २१ गतेभित्र जिल्लामा प्रतिवेदन पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए । पालिकाहरूको गठबन्धन दलको बैठकले विगत निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विवरण र बर्तमानको अवस्था समेतलाई उल्लेख गरी यथाशीघ्र जिल्लामा प्रतिवेदन बुझाउन पनि निर्देशन गरेको छ ।

संयोजक थेबेको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली काँग्रेसका सुधीरकुमार सिवाकोटी, कृष्ण हुमागाईँ, नेकपा माओवादीका झलकसिंह दर्लामी , राजु आचार्य , सिपी कडरिया, नेकपा समाजवादीका बेदराज रेग्मी, मणि भण्डारी र नीलमणि बराल, इन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका दिपेनबाला राई र धिरेन सम्बाहाम्फे लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार