भद्रपुरमा माओवादी केन्द्र: वडा–वडामा वाइसीएल गठन हुँदै
नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो ।
यसैबिच, माओवादी केन्द्र २ नम्बर वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप) को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षहरू सक्षम तामाङ, डेञ्जे राई, डिके खुलाल, सचिव विक्लप खनाल, सह–सचिव कुशल बिक, प्रसन बिक, विमल गुइदे र कोषाध्यक्ष रबि धमला रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ३ इन्चार्ज डिल्ली घिमिरेले युवाकै बलिदान र सङ्घर्षबाट आजको परिवर्तनका आएको बताए । उनले उपलब्धिलाई रक्षा गर्दै भोको पेट र नाङ्गो आङसम्म खाना र नाना पु¥याउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टी नेताहरु खगेन्द्र पराजुली, नरेश सन्जेल, तारामणि सापकोटा, शिवकुमार राजभण्डारी, मानु तामाङले लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए । पार्टीका २ नम्बर वडाध्यक्ष नीरप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन थिरेन्द्र पौडेल र स्वागत राजु दाहालले गरे। एक घर एक वाइसीएलको फराकिलो घेराबाट अघि बढ्ने नव गठित कमिटीको योजना रहेको अध्यक्ष मगरले बताए ।