२०८३ बैशाख २४ गते , विहीबार

जसपाका प्रदेश सदस्य विजयकुमार केरुङले छाडे पार्टी, स्वतन्त्र बस्ने निर्णय (विज्ञप्तिसहित)

sajilo news
झापा
२०७८ चैत्र २४ गते , विहीबार
जसपाका प्रदेश सदस्य विजयकुमार केरुङले छाडे पार्टी, स्वतन्त्र बस्ने निर्णय (विज्ञप्तिसहित)

जनता समाजवादी पार्टी (जसपा) का १ नम्बर प्रदेश सदस्य विजयकुमार केरुङ कुनै पनि पदमा रहने नगरी पार्टीबाट अलग हुने निर्णय लिएको छ । २०७० सालमा जसपा लागेका साबिक पृथ्वीनगर गाविस- ५ हाल भद्रपुर नगरपालिका- २ सगरमाथा चोक निवासी विजयकुमार केरुङले आफ्नै घरायसी र व्यवसायीक व्यस्तताको कारण देखाउँदै पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । उनी जसपामा सक्रिय कार्यकर्ताको रुपमा आबद्ध भई झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय संयोजक हुँदै प्रदेश सदस्य पद रहेर काम गर्दै आइरहेका थिए । उनी दक्षिणकाली इँटा उद्योग (डिबीआई) र केरुङ निर्माण सेवा प्रा. लि.का सञ्चालक हुन् । 

यस्तो छ विज्ञप्ति

साबिक पृथ्वीनगर गाविस- हाल भद्रपुर नगरपालिका- सगरमाथा चोक निवासी (म) विजयकुमार केरुङ जनता समाजवादी पार्टी (जसपा)बाट अलग भई स्वतन्त्र बस्ने निर्णय लिएको छु

वि.सं. २०७० सालमा जसपामा सक्रिय कार्यकर्ताको रुपमा आबद्ध भई पार्टीले झापा क्षेत्र नम्बर- को क्षेत्रीय संयोजक हुँदै प्रदेश नम्बर को प्रदेश सदस्य जस्तो गरिमामय पदमा रहेर जिम्मेवारीपूर्वक काम गर्ने अवसर प्रदान गरेको थियो

पार्टीकै तर्फबाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर- बाट उम्मेदवारी दिएको अवगत गराउँदै पछिल्लो समयमा आफ्नै घरायशी व्यवसायीक व्यस्तताका कारण पार्टीमा समय दिन नसकिरहेकोले आजकै मितिदेखि पार्टीबाट अलग भई स्वतन्त्र नागरिक भएर बस्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु

विगत वर्षको लामो अन्तरालमा जसपामा रहँदा पार्टीका साथी, सहयोगी, शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव स्नेहप्रति हृदयदेखि आभारी छु

पार्टीमा रहेका बेला कार्यकर्तादेखि नेतासम्मले मप्रति देखाएको जिम्मेवारी सद्भाव कहिले भुल्ने छुइन अबको मेरो यात्रा व्यावसायिक सामाजिक कार्यमा अग्रसर रहने सबैमा जानकारी गराउँदछु  मिति २०७८-१२-२३

सम्बन्धित समाचार