बिर्तामोड–६ मा अखिल (क्रान्तिकारी) इकाई कमिटी गठन
झापाको बिर्तामोड नगरपालिका ६ मा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को ४५ सदस्य इकाई कमिटी गठन गरिएको छ । बिहीबार भएको एक भेलाले सुजन दाहालको अध्यक्षतामा कमिटी गठन गरिएको बिर्तामोड नगर उपाध्यक्ष जेबी जवेगुले जानकारी दिए ।
सुजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर इन्चार्ज युवराज दाहालको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिल सुवेदी रहेका थिए । कार्यक्रममा जेबी जवेगु, रञ्जन धमला, पदमप्रसाद ढकाल, पूजा कँडेललगायत विद्यार्थी नेतृत्वको आतिथ्य रहेको थिए ।
कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि दाहाल, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमला, बिर्तामोड नगर उपाध्यक्ष जेबी जवेगु, केन्द्रीय सदस्य सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । सुरेन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा खेलकुद इकाई समिति र साहित्य इकाई पनि गठन गरिने निर्णय भएको छ ।