२०८३ बैशाख २४ गते , विहीबार

मेयर पदका लागि एमालेको आन्तरिक चुनाव : भद्रपुरमा असारु र बिर्तामोडमा पवित्रालाई धेरै मत

sajilo news
झापा
२०७८ चैत्र २६ गते , शनिबार
मेयर पदका लागि एमालेको आन्तरिक चुनाव : भद्रपुरमा असारु र बिर्तामोडमा पवित्रालाई धेरै मत

भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरु बीच भएको आन्तरिक चुनावमा युवा नेता असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ ।

भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि चन्द्र श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , जीवन श्रेष्ठ चौथो, राम दवाडी पाँचौं र सिता प्याकुरेलले छैठा मतभार प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । पार्टीले उम्मेद्वार सिफारिसका छनौट गर्न निर्वाचन गरेको हो । निर्वाचनमा मतभारका आधारमा पार्टीलाई गरेको योगदानको मुल्याङन हुने बताइएको छ । उता बिर्तामोडमा उम्मेद्वार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् ।

बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने दोस्रो मत एकराज कार्की र तेस्रो मत नगेन्द्र संग्रौलाले प्राप्त गरे ।
यस्तै, उपमेयरको चुनावमा सबैभन्दा धेरै मत भार देवराज कार्की, दोस्रो भीमा शिवाकोटी र तेस्रो मतभार गणेश पोखरेलले प्राप्त गरेका छन् । नगरपार्टीले जिल्लालाई तीन जनाको नाम मात्रै उम्मेद्वार आकांक्षीको रुपमा सिफारिस गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार