२०८३ बैशाख २४ गते , विहीबार

बैंकमा पैसा छैन, नेताको घरमा छ : राजेन्द्र लिङदेन

sajilo news
झापा
२०७८ चैत्र २७ गते , आईतबार
बैंकमा पैसा छैन, नेताको घरमा छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाएका छन्।

राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको भन्दै बैंकमा रित्तिएको पैसा नेताहरूको घरमा भएको टिप्पणी गरेका हुन्। ‘बैंकमा पैसा छैन, भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ’, उनले भने।

लिङदेनले विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च गर्दा देश टाट पल्टिएको आरोप लगाए। कांग्रेस, एमाले र माओवादीलाई असफल हुने छुट भएपनि देशलाई असफल बनाउने छुट नभएको उनको भनाइ छ।

अध्यक्ष लिङदेनले देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको भन्दै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताए। ‘ठीक पार्टी र ठीक नेता चिन्न नसकेकोले जनताले दुःख पाए। १५ वर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश अब नगरौं’, उनले भने। लिङदेनले सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेको भन्दै कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेको आरोपसमेत लगाए।

सम्बन्धित समाचार