झापामा असिनापानीले बालीनालीमा ठुलै क्षति
हावाहुरीसँगै परेको असिनापानीले बालीनालीमा क्षति पुर्याएको छ । आइतबार दिउँसो मकै , गहुँ , तोरी , आलसजस्ता बालीमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् । झापा गाउँपालिका–३ का किसान लखिराम सोरेनको २ बिगाहा लगाएको मकैवालीलाई हावाहुरीसहित परेको असिनापानीले क्षति गरेको छ । उनले घोगा लाग्दै गरेको मकै असिनापानीले बिगारेको बताए ।
त्यस्तै बाह्रदशी वडा नं। १ मा पनि निकै क्षति पुगेको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।उनले असिनापानीले भएको क्षतिको क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग पहल गर्ने बताए । त्यस्तै कचनकवल ४ को हरित कृषक समूहका कृषकहरूको धानवाली र मकै बाली साथै तरकारी असिनापानीले सखाप पारेको पंचानन्द राजवंशीले बताए
जिल्लाका सबै क्षेत्रमा असिना पानी नपरेको जनाउँदै कृषि ज्ञान केन्द्रले असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको बताएको छ ।