२०८३ बैशाख २६ गते , शनिबार

भद्रपुरमा राप्रपाको उम्मेदवार घोषणा, मेयरमा पनेरु र उपमेयरमा कार्की

sajilo news
झापा
२०७९ बैशाख ४ गते , आईतबार
भद्रपुरमा राप्रपाको उम्मेदवार घोषणा, मेयरमा पनेरु र उपमेयरमा कार्की

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भद्रपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । राप्रपाले मेयरमा नवराज पनेरू (राजु) र उपमेयरमा राधा कार्कीलाई उम्मेदवार बनाएको छ । भद्रपुर- ४ स्थित चन्द्र मौलेश्वर शिव पाञ्चायन मन्दिर परिसरमा मंगलबार एक कार्यक्रमका बिच राप्रपाले मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसहित ५२ जना उम्मेदवारको नाम घोषणा गरेको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाले भद्रपुरमा मेयरमा पनेरु र उपमेयरमा कार्कीलाई नै उम्मेदवार बनाएका थिए । सो निर्वाचनको मत परिणाममा राप्रपा चौथो स्थान प्राप्त गरेका थिए । 

पनेरूले २,८२२ र  कार्कीले ३,२७७ मत प्राप्त गरेका थिए ।  त्यस्तै राप्रपाले वडा नम्बर १ मा दलबहादुर लिम्बू (शङ्कर) २ नम्बरमा रामबहादुर राई, ३ नम्बरमा हेमबहादुर कार्की,  ४ नम्बरमा दिनानाथ (शङ्कर) रिजाल, ५ नम्बरमा देवकुमार घिमिरे, ६ नम्बर ढकबहादुर विष्ट (जीवन), ७ नम्बरमा अभिषेक ढुङ्गाना, ८ नम्बरमा गणेशप्रसाद लिम्बू, ९ नम्बरमा ज्ञानबहादुर राई (सविन) र १० नम्बर खेमराज भट्टराईलाई वडा अध्यक्षका उम्मेदवार बनाएका छन् ।

राप्रपाकी नगर अध्यक्ष राधा कार्कीको अध्यक्षतामा तथा राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको घोषणा कार्यक्ममा स्वागत मन्तव्य पार्टीका क्षेत्रीय सभापति नवराज पनेरूले राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव कुसुम भट्टराईले गरेका थिए ।  । भद्रपुर नगर राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र हो ।

सम्बन्धित समाचार