२०८३ बैशाख ४ गते , शुक्रबार

आईपीएलमा नवप्रवेशी गुजरातको उत्कृष्ट प्रदर्शन, चेन्नईको पाँचौँ हार

sajilo news
झापा
२०७९ बैशाख ५ गते , सोमबार
आईपीएलमा नवप्रवेशी गुजरातको उत्कृष्ट प्रदर्शन, चेन्नईको पाँचौँ हार

इन्डियन प्रिमियर लिगमा नवप्रवेशी गुजरातले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। आइतबार भएको खेलमा गुजरातले सर्वाधिक सफल मध्येको एक टिम चेन्नईलाई ३ विकेटले पराजित गर्दै लिगको ६ खेलको समाप्तिमा पाँचौं जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य गुजरातले १ बल बाँकी हुँदा ७ विकेट गुमाएर पुरा गर्‍यो।

पहिलो ब्याटिङ गरेको चेन्नईका लागि ऋतुराज गाइकवाडले सर्वाधिक ७३ रनको योगदान गर्दा अम्बाती रायडुले ४६ रन बनाए। त्यस्तै रविन्द्र जडेजा २२ रनमा अविजित रहँदा सिभम दुवेले १९ रन बनाएका थिए।

जवाफमा खराव सुरुवात गरेको गुजरातका लागि डेभिड मिलरले सानदार इनिङ खेल्दै टीमको जित निश्चित गरे। मिलर ९४ रनमा अविजित रहँदा उनलाई कप्तानी समालेका रसिद खानले ४० रन जोडेर साथ दिएका थिए। रसिदले २१ बलमानै २ चौका र ३ छक्का प्रहार गर्दै टीमको जित निश्चित गरेका थिए।

दुई खेलाडी बाहेक अन्यको प्रदर्शन गतिलो रहेन थप दोहोरो स्कोरका रुपमा ऋद्दिमान साहले ११ रन जोड्दा अभिनभ मनोहरले १२  रन जोडे। १६ रन जोड्दै ३ विकेट गुमाएको गुजरातले ८७ रन जोड्दा ५ विकेट गुमाएको थियो। चेन्नईका लागि ड्वेन ब्राभोले ३ विकेट लिंदा महेश थिकसाना र मुकेश चौधरी र रविन्द्र जडेजाले १/१ विकेट लिएका थिए।

जितसँगै गुजरात १० अंकका साथ शीर्ष स्थानमा कायम राखेको छ। त्यस्तै समा ८ अंकका साथ नवप्रवेशी लखनउ सुपर जाइन्टस दोस्रो रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो र सनराइजर्स हैदरावाद चौंथो स्थानमा रहेका छन्।

सम्बन्धित समाचार